२१ कार्तिक २०८३, शनिबार

बेवारिसे शवको पहिचान खुलेन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अमरराज पुन

रुकुम, १९ असार । जिल्लाको सानोभेरी गाउँपालिका वडा नंं. १ चाईनाबगर स्थित सानोभेरी नदीमा आईतबार बिहान भेटिएकोे एक बेवारिसे लासको अझै पहिचान खुल्न सकेको छैन ।

पहिचान नखुल्दा बेवारिसे लासलाई पोष्ट मार्टमका लागि जिल्ला अस्पत्ताल रुकुमको शब गृहमा राखिएको छ । नदि किनारको छेउमा भेटिएकोे उक्त लास भने एक अपरिचित महिलाको भएको प्रहरीले बताएको छ । बेवारिसे अवस्थामा फेला परेको सो लासको खबर पाए लगत्तै प्रहरीको टोलीले घटनास्थलमा गई प्रारम्भिक कार्य पुरा गरी पोष्टमार्टमका लागि जिल्ला अस्पत्ताल सल्ले पठाएको थियो ।

अन्दाजी २५ देखी ३० वर्षकी देखिने उक्त अपरिचित महिलाको कुनै नाम, थर र वतन समेत नखुलेकाले सनाखत गर्न मुश्किल परेको छ । प्रहरीले मृतक महिलाले दाया कानमा कालो रिङ लगाएकी, मंगोलियन जस्तो देखिने, पानीले भिजेर कपाल खुईलिएकी र ४ फिट ५ ईन्च उचाई भएको हुलिया सार्वजनिक गरेको छ ।