२१ कार्तिक २०८३, शनिबार

एमालेको विजयी जुलुसमाथि कांग्रेसको आक्रमण, दुई घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी, १९ असार । सुनसरीको रामधुनीभासी नगरपालिका वडा नं ५ मा एमालेले निकालेको विजय जुलुसमाथि नेपाली कांग्रेसका कार्यकर्ताले आक्रमण गरेका छन् ।

वडा अध्यक्षमा एमालेका उम्मेदवार डेगराज फुयाल विजयी भएपछि एमालेले विजयी जुलुस निकालेको थियो । सोमबार साँझ निकालेको जुलुसमा कांग्रेस कार्यकर्ताले भाला, हेल्मेट र बाँस प्रयोग गरेर आक्रमण गरेका थिए ।

कांग्रेसको आक्रमणमा परि युवा संघ नगर अध्यक्ष पुस्कर कार्की, एमाले नगर सदस्य कमल काफ्लेलगायत घाइते भएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।