– टेकराज भण्डारी
अछाम, १९ असार । स्थानीय तहको दोस्रो तहको निर्वाचनमा अछामका १० मध्ये ९ तहको मत परिणाम सार्वजनिक भएको छ । साँफेबगर नगरपालिकाको मत गणना जारी छ र त्यहाँ एमाले अगाडी छ । बाँकी ९ तहको मत परिणाममा कांग्रेसले २ नगरपालिका सहित ५ तहमा जित हात पारेको छ । १ नगरपालिका सहित २ तहमा एमाले र २ गाउँपालिकामा माओवादी केन्द्र विजयी भएका छन् ।
नेपाली कांग्रेसले कमलबजार नगरपालिका, बिनायक नगरपालिका, ढकारी गाउँपालिका, तुर्माखाँद गाउँपालिका र बान्नीगढी जयगढ गाउँपालिकामा जित हात पारेका छ । बान्नीगढी जयगढ गाउँपालिकामा माओवादी केन्द्रसंगको गठबन्धनबाट कांग्रेसले अध्यक्ष पद जितेको छ ।
नेकपा एमालेले मंगलसैन नगरपालिका र चौरपार्टी गाउँपालिकामा जित हाँसिल गरेको छ । चौरपार्टी गाउँपालिकामा १ मतले जितेको जिल्ला निर्वाचन अधिकारी चुडाराज सापकोटाले बताउनुभयो ।
माओवादी केन्द्रले रामारोशन गाउँपालिका र मेल्लेख गाउँपालिकामा जित हाँसिल गरेको छ । मेल्लेख गाउँपालिकामा कांगे्रस संगको गठबन्धनमा अध्यक्ष पद जितेको हो ।













प्रतिक्रिया