काठमाडौं, १९ साउन । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री रमेश लेखकको मतदाता रहेको कञ्चनपुरको वेदकोट नगरपालिकामा एमाले विजयी भएको छ ।
एमालेका तर्फबाट अशोक चन्द मेयर निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेस कञ्चनपुरका जिल्ला सचिव भोजराज बोहरालाई पराजित गरेका छन् । चन्द युवा संघ नेपालका सचिव पनि हुन् ।
त्यस्तै, उपमेयरमा एमालेकै सुशीला सिंह निर्वाचित भएकी छन् । यो नगरपालिकाका १० वडामध्ये एमालेले ८ वडामा प्यानलै जित हात पारेको छ ।












प्रतिक्रिया