९ मंसिर २०८३, बुधबार

लमही नगरमा खुमबहादुरका भतिजाको ‘बेहाल’, जोगराज दोब्बरले अगाडि

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खुमबहादुर र उनका भतिजा डिल्लीबहादुर खड्का

लमही, १९ असार । दाङको लमही नगरपालिकामा नेपाली कांग्रेसले झण्डै एक हजार मत अन्तरले अग्रता लिएको छ । लमहीमा ४७४१ मत गणना भएको छ ।

मेयरमा कांग्रेसका उम्मेदवार जोगराज चौधरीले २०२९, एमालेका कुलबहादुर खत्री क्षेत्रीले ११४१, माओवादी केन्द्रकी द्रोपति पौडेलले ११०८, संघीय समाजवादी फोरम नेपालका प्रकाशकुमार चौधरीले २४७, राप्रपाका भेषराज चौधरीले २३८, स्वतन्त्रका डिल्लीबहादुर खड्काले १८४, नेकपा (माले)का प्रेमप्रसाद पुलामीले ४५, राजमोका कुलचन्द्र पोखरेलले ३५ र स्वतन्त्रका हिमन्ता घिमिरेले २ मत पाएका छन् ।

मेयरमा टिकट नपाएपछि कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काका भतिजा डिल्लीबहादुर खड्काले मेयरमा बागी उम्मेदवारी दिएका थिए । उनले कांग्रेसबाट खासै मत काट्न सकेनन् ।

उपमेयरमा कांग्रेसकी देवका बेल्वासेले २०७०, माओवादी केन्द्रका कालुराम चौधरीले ११४९, एमालेकी मीनादेवी गुरुङले ११२५, राप्रपाकी हेमा चौधरीले २६७, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका खेमलाल चौधरीले ७९, स्वतन्त्रका निमबहादुर थापाले ३३, राजमोकी श्रीमती लेकी भुसालले १२ र स्वतन्त्रबाट अरुण बिसीले ६ मत पाएका छन् ।