
कपिलवस्तु, १९ असार । राष्ट्रिय जनता पार्टीका एकजना नेताले कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाको अध्यक्ष जितेका छन् ।
स्वतन्त्र उम्मेदवारी दिएका राजपाका नेता निसार अहमद खाँले शुद्धोधन गाउँपालिकामा १ हजार ८ सय ३७ मतका साथ जित दर्ता गराएका हुन् ।
खाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कमलेशशरण चौधरीले अध्यक्षमा १ हजार ७ सय ६३ मत पाएका थिए ।
फोरम लोकतान्त्रिकका उम्मेदवारले अध्यक्षमा १७३८ मत पएको थियो ।
शुद्धोधन गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकी सुधादेवी पाण्डेले जितेकी छिन् । पाण्डे २६३५ मतसहित विजयी भएकी हुन् ।
वडा नं. १ र ४ मा कांग्रेस, ५ र ६ मा राजपा, ३ मा राप्रपा र २ मा संघीय समाजवादी फोरमको प्यानल विजयी भएको छ ।
राजपा नेपालले निर्वाचन बहिष्कार गरेको थियो । यद्यपि सो दलका नेताहरूले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका थिए ।











प्रतिक्रिया