
नेपालगञ्ज, १९ असार । नेपालगंज उपमहानगरपालिकामा राप्रपाका मेयरका उम्मेदवारले फराकिलो मतअन्तरले अग्रता लिएका छन् ।
पछिल्लो मत परिणाम अनुसार राप्रपाले मेयरमा १०२६० र उपमेयरमा ७२३१ मत पाएको छ । कांग्रेसले मेयरमा ६७५० र उपमेयरमा ८४९४ मत पाएको छ । एमालेले मेयरमा ६०६५ र उपमेयरमा ६७६८ मत पाएका छन् ।
माओवादीले मेयरमा ५५३८ र उपमेयरमा ५३५३ मत पाएका छन् भने संघीय फोरमले मेयरमा ३६५९ र उपमेयरमा ३६०१ मत पाएका छन् ।
यता, बुटवल उपमहानगरपालिकामा एमालेले अग्रता कायम राखेको छ । एमालेका मेयरका उम्मेदवार कांग्रेसभन्दा धेरै मतले अगाडि छन् ।
एमालेले मेयरमा १०७१९ र उपमेयरमा ११८५४ मत पाएका छन् । नेपाली कांग्रेसले मेयरमा ९९४३ र उपमेयरमा माओवादी केन्द्रका उम्मेदवारले ६९९६ मत पाएका छन् ।











प्रतिक्रिया