२१ कार्तिक २०८३, शनिबार

पुतलीसडकको जेब्राक्रसिङमा ठूलो सडक दुर्घना

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, १९ असार । काठमाडौंको पुतलीसडकमा भएको सडक दुर्घटनामा तीन जना घाइते भएका छन् ।

आइतबार राति सवा आठ बजे काठमाडौं जिल्ला ट्राफिक महाशाखा अगाडिको सडकखण्डमा पुतलीसडकबाट सिंहदरबारतर्फ आउँदै गरेको बा ७० प १३२९ नम्बरको मोटरसाइकलले जेब्राक्रसबाट बाटो काट्दै गरेको पैदलयात्रीलाई ठक्कर दिइ अनियन्त्रित हुँदा सो दुर्घटना भएको हो ।

अनियन्त्रित भएको सो मोटरसाईकलले विपरित दिशाबाट आउँदै गरेको बा ८ च ९७४३ नम्बरको कारसँग ठक्कर खाँदा पैदलयात्रीसहित मोटरसाईकल चालक र मोटरसाईकलमा सवार घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ ।

घाइते सबैलाई उपचारको लागि मोडेल अस्पताल पठाइएको छ । घाइतेमध्ये मोटरसाइकलमा सवार काठमाडौंको तीनकुने बस्ने २४ वर्षीय चन्द्र आयको अवस्था गम्भीर रहेको छ ।

दुर्घटनामा संलग्न मोटरसाईकल सहित चालक प्रहरी वृत्त सिंहदरवारको नियन्त्रणमा रहेका छन् ।