९ मंसिर २०८३, बुधबार

तुलसीपुर र घोराही उपमहानगरमा एमालेको ‘धमाकेदार’ अग्रता, यस्तो छ लोकप्रिय मत

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घनश्याम पाण्डे

घोराही, १९ असार । दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेदवार २५७२ मतअन्तरले अग्रता लिएका छन् ।

एमालेका मेयरका उम्मेदवार घनश्याम पाण्डेले ९८५९ मत पाएका छन् । उपमेयरमा एमालेले ८६५४ मत पाएको छ ।

कांग्रेसका मेयरका उम्मेदवार गेहेन्द्र गिरीले ७३२७ मतसहित पछ्याइ रहेका छन् । कांग्रेसका उपमेयरका उम्मेदवारले ८१४४ मत पाएका छन् ।

माओवादी केन्द्रले मेयरमा २६३० र उपमेयरमा २७३४ मत पाएको छ ।

उता, घोराही उपमहानगरपालिकामा पनि एमालेका मेयरका उम्मेदवार ४२७१ मतले लिड गरिरहेका छन् ।

एमालेका मेयरका उम्मेदवार नरुलाल चौधरीले पछिल्लो मत परिणाम अनुसार १९०२७ मत पाएका छन् । उपमेयरमा एमालेले १७८२७ मत पाएको छ ।

कांग्रेसका मेयरका उम्मेदवार भुपबहादुर डाँगीले १४७५६ मत पाएका छन् । कांग्रेसका उपमेयरका उम्मेदवारले १४९०७ मत पाएका छन् ।

माओवादी केन्द्रका मेयरका उम्मेदवार जीवन गौतमले ९७०७ र उपमेयरमा १०३४८ पाएका छन् ।