मोरङ, १९ असार । मोरङको उर्लाबारी नगरपालिकामा एमालेलाई उछिन्दै नेपाली कांग्रेसले अग्रता कायम राखेको छ ।
यो नगरपालिकामा कांग्रेसले मेयरमा अग्रता लिएको छ भने उपमेयरमा एमालेले अग्रता पाएको छ ।
पछिल्लो मत परिणाम अनुसार मेयर पदमा कांग्रेसका उम्मेदवारले ५१५७ र उपमेयरमा ३९६२ मत पाएका छन् ।
एमालेका मेयरका उम्मेदवारले ३९९९ र उपमेयरमा ४४९४ मत पाएका छन् । माओवादी केन्द्रले मेयरमा १३५० र उपमेयरमा १६८९ मत पाएका छन् ।












प्रतिक्रिया