२१ कार्तिक २०८३, शनिबार

गाउँपालिका अध्यक्षमा निर्वाचितलाई एमाले नेता ज्ञवालीको बधाई

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अनिल खत्री

गुल्मी, १८ असार । नेकपा एमाले सचिव प्रदीप ज्ञवालीले आफनो गृह जिल्ला गुल्मीका ४ स्थानिय तहमा निर्वाचित उम्मेदवारलाई बधाई दिएका छन् ।

स्थानिय तह गाउँपालिका प्रमुखमा निर्वाचनमा निर्वाचित चन्द्रकोट गाउँपालिका प्रमुख कांग्रेसका दोर्ण खत्री, सत्यवत्ती गाउँपालिका प्रमुख कांग्रेसका पारिश्वर ढकाल, कालिगण्डकी गाउँपालिका प्रमुख कांग्रेसका बेद थापा र धुर्कोट गाउँपालिका प्रमुख माओवादीका भुपाल पोखरेललाई एकमुष्ठ बधाई दिएका छन् ।

ज्ञवालीले आइतवार साँझ आफनो फेसबुक पेजमा लेख्दै भनेका छन् ‘गापा अध्यक्षमा निर्वा्चित भूपाल पोखरेल (धुर्कोट), द्रोण खत्री(चन्द्रकोट), पारिश्वर ढकाल(सत्यवती) र वेद थापा (कालिगण्डकी)लाई बधाइ !’ दिएका हुन् ।

यस अधि गुल्मी दरवार गाउँपालिका प्रमुखमा निर्वाचित कांग्रेसका अशोक थापालाई बधाई दिएका थिए । गुल्मीमा हास सम्मको परिणाममा गुल्मीमा रहेका १२ स्थानिय तहमध्ये १० तहको परिणाम सार्वजनिक भएको छ भने २ तहको मतपरिणाम सार्वजनिक हुन बाँकी रहेको छ ।

बाँकी रहेका गाउँपालिकाहरुमा इस्मा गाउँपालिका र मदाने गाउँपालिकाको मतपरिणाम अन्ति चरणमा पुगेको छ । ति तहमा एमालेका उम्मेदवारको अग्रता रहेका छ । सार्बजनिक भएका तहमध्ये २ नगर र ३ गाउँपालिका सहित ५ तहमा एमाले, ४ गाउँपालिकामा कांग्रेस र १ गाउँपालिकामा माओवादीका उम्मेदवार बिजयी भएका छन् ।