२९ आश्विन २०८३, बिहिबार

गोधुली साँझमा रित्तो हात फर्किएका नेताहरुले कस्तो गर्लान सहमति ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

10641062_521735904630591_5213514055813940500_nकाठमाडौँ, ५ कात्तिक  ।  संविधानका विवादित विषयमा सहमति खोज्ने भन्दै आवासीय बैठकका लागि मंगलबार गोकर्ण रिसोर्ट पुगेका तीन दलका शीर्ष नेताहरु गोधुली साँझमा रित्तो हात फर्किए ।

ती नेताहरु बुधबार पनि सोही स्थानमा सहमति खोज्ने भन्दै भेला भएका छन् ।  रिसोर्टमा प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीका शीर्ष  नेताहरुको बैठक अहिले पनि बसिरहेको छ।

बुधबार बिहान भेला भएका शीर्ष नेताहरुले अघिल्लो संविधानसभाको शुरूदेखि दोस्रो संविधानसभाको नौ महिनाको अवधिमा नमिलेका विवादित विषयमा सहमति जुटाउन हरसम्भव प्रयास गर्ने जानकारी दिएका छन् ।

संविधान निर्माणका सन्र्दभमा राज्य पुर्नसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीबारे दलहरुबीच विवाद कायम रहेपछि ती विषयमा सहमति खोज्न दलहरु आबासीय छलफलमा जुटेका हुन् ।

जानकारी अनुसार बैठकमा कांग्रेस उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला, एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव इश्वर पोख्रेल, नेता माधवकुमार नेपाल सहभागी हुनुहुन्छ ।

त्यसैगरी बैठकमा एमाओवादी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहभागी हुनुहुन्छ ।

बुधबारको बैठकमा नेताहरुले कस्तो खिचडी पकाउने हुन त्यो भने हेर्न बाँकी नै छ ।