गुल्मी, १८ असार । गुल्मीको कालिगण्डकी गाउँपालिकाको प्रमुखमा कांग्रेस उम्मेदवार र उपप्रमुखमा एमाले उम्मेदवार निर्वाचित भएका छन् । प्रमुखमा कांग्रेसका बेद थापा मगरले ४हजार २सय ९८र उपप्रमुखमा एमाले उपप्रमुख तारा थापाले ३हजार ८सय ५६ मत ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृत प्रदिप श्रेष्ठले जानकारी दिए ।
गाउँपालिका प्रमुखमा एमालेका टिकाराम ढकालले ३ हजार ७ सय ७० र उपप्रमुख माओवादीका ओमप्रकाश न्यौपाने ३ हजार ४ सय ११ मत ल्याएर पराजित भएका छन् । गाउँपालिकामा कांग्रेस माओवादी र एमाले जनमोर्चा बिच चुनावी तालमेल भएको थियो ।उक्त वडामा ४ वडामा कांग्रस २ वडामा एमाले र १ वडामा जनमोर्चाका अध्यक्ष निर्वाचित भएका छन् । गुल्मीमा रहेका १२ स्थानिय तहमध्ये १० तहको परिणाम सार्वजनिक भएको छ भने २ तहको मतपरिणाम सार्वजनिक हुन बाँकी रहेको छ ।
बाँकी रहेका गाउँपालिकाहरुमा इस्मा गाउँपालिका र मदाने गाउँपालिकाको मतपरिणाम अन्ति चरणमा पुगेको छ । ति तहमा एमालेका उम्मेदवारको अग्रता रहेका छ । सार्बजनिक भएका तहमध्ये २ नगर र ३ गाउँपालिका सहित ५ तहमा एमाले, ४ गाउँपालिकामा कांग्रेस र १ गाउँपालिकामा माओवादीका उम्मेदवार बिजयी भएका छन् ।













प्रतिक्रिया