
कृष्णनगर, १८ असार । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको मेरमा भारतीय नागरिकता र पासपोर्ट लिएका रजतप्रताप शाहले मेयर पदमा अग्रता लिएका छन् ।
शाहले आफ्ना प्रतिद्वन्द्वीभन्दा दोब्बर बढी मत ल्याएर अग्रता कायम राखेका हुन् । कृष्णनगर नगरपालिकामा ५४८३ मत गणना भइसकेको छ ।
स्थानीय तहको दोस्रो निर्वाचनमा स्वतन्त्रबाट मेयर पदमा उम्मेदवारी दिएका रजतप्रताप शाहले पछिल्लो मत परिणाम अनुसार १७३० मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयरका उम्मेदवार श्यामकुमार मिश्रले १३९२ मत पाएका छन् ।
नेपाली कांग्रेसका मेयरका उम्मेदवार शिवप्रसाद कलवारले ६५८ मत पाएका छन् । संघीय समाजवादी फोरम नेपालका मेयर पदका उम्मेदवार अभयप्रताप शाहले ३७१ मत पाएका छन् । फोरम लोकतान्त्रिकका किफायतुल्लाह खाँले मेयरमा ७० मत पाएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (माले)का मेयर पदका उम्मेदवारले ओमनारायण चतुर्वेदीले ११ मत पाएका छन् भने बहुजन शक्ति पार्टीका मेयरका उम्मेदवार सञ्जयकुमार कटियारले १२९ मत पाएका छन् ।
मेयरका स्वतन्त्र उम्मेदवारहरू
१. अशोक बेल्वासे– ३०९
२. महमुद खाँ– १०४
३. महमद उस्मान– ९५
४.आलोक ओझा– ९७
५.घनश्याम कहाँर– ३४
६. सन्तोषकुमार यादव– २
७. महेशकुमार जैसवाल– १
८.ईन्याद अहमत खाँ– ०
९. विजयकुमार जयसवाल– ०
१०. अजहर कमाल शाह– ०
११. महम्मद हुसेन– ०
१२. समसेर आलम खाँ– ०
१३. जितेन्द्र उपाध्याय– ०











प्रतिक्रिया