९ मंसिर २०८३, बुधबार

बुटवल उपमहानगर: सबै वडामा एमालेको एकलौटी जित, काँग्रेस-माओवादी गठबन्धनको बिजोग (अपडेट)

22.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, १९ असार । बुटवल उपमहानगरपालिकामा सत्तारुढ गठबन्धन भर्सेस एमालेबीचको लडाईंमा एमालेले बाजी मार्ने संकेत देखिएको छ ।

अहिलेसम्म मतगणना सकिएका सबै वडामा एमालेले वर्चश्व कायम राखेको छ । १ देखि ११ सम्मका वडामा सत्तारुढ गठबन्धनले खाता खोल्न सकेन् । रमाइलो के छ भने बुटवलमा एमाले एक्लै भिडेको छ भने काँग्रेस, माओवादी र संघीय समाजवादी फोरमको गठबन्धन छ ।

बुटवलको चुनाव प्रभावित पार्ने ११ नम्बर वडामा एमालेले सबैभन्दा बढी मतान्तरमा करिब २८ सय मत बढाएको छ । एमालेले मेयर र उपमेयर दुबैमा अग्रता लिइरहेको छ ।

रुपन्देहीकै सैनामैना नगरपालिका सहित ८ वटाको नतिजा सार्वजनिक भएको छ । त्यसमध्ये ३ वटामा एमाले, ३ वटामा संघीय समाजवादी फोरम, एक एक वटामा नेपाली काग्रेस र माओवादी केन्द्र विजयी भएको छ । संघीय समाजवादी फोरमले नयाँ शक्तिसित तालमेल गरेर चुनावमा गएको थियो । सैनामैना नगरपालिकामा एमालेका चित्रबहादुर कार्की विजयी भए । उपाध्यक्षमा एमालेका तर्फबाट विना राना विजयी भएकी छिन् । सैनासैनामा माओवादी निल भएको छ ।

यसैगरी, रोहिणीमा संघीय समाजवादी फोरमका समाज यादव, गैडहवामा बच्चुलाल केवट र मर्चवारीमा केशवनन्द बनियाले अध्यक्षमा जितेका हुन् । एमालेबाट कञ्चनमा गोकर्णबहादुर क्षेत्री र शुद्धोधनमा किशुनचन्द्र चौधरी अध्यक्षमा विजयी भएका हुन् । ओमसतियामा माओवादी केन्द्रका हिराकुमार केवट र काँग्रेसका तर्फबाट मायादेवी गाउपालिकामा रामचन्द्र यादवले जित हासिल गरेका छन् ।

अब एक उपमहानगरपालिका, ४ नगरपालिका र ३ गाउपालिकामा नतिजा आउन बाँकी छ । त्यसमध्ये ४ वटामा एमाले अगाडि छ । २ वटामा काग्रेस, २ वटामै स्वतन्त्र उम्मेदवारी दिएका राजपा कार्यकर्ता र एकमा फोरम लोकतान्त्रिक अगाडि छन् ।

बुटवल उप महानगरपालिका, तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकामा एमाले अगाडि छ ।

काँग्रेस देवदह नगरपालिका र सियारी गाउपालिकामा अगाडि छ ।

लुम्बिनी साँस्कृतिक नगरपालिका र कोटहीमाई गाउपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका राजपाका कार्यकर्ता अगाडि छन् ।

जिल्लाको सबैभन्दा विकट र भौगोलिक रुपमा टाढा भारतीय सीमा क्षेत्रको सम्मरीमाई गाउँपालिकामा भने फोरम लोकतान्त्रिक फोरम अगाडि छ ।