२१ कार्तिक २०८३, शनिबार

राप्ती गाउँपालिकामा कांग्रेस ७ सय बढी मतले अगाडि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असार । दाङको राप्ती गाउँपालिकामा नेपाली कांग्रेसको अग्रता कायम रहेको छ । कांग्रेसका प्रमुखका उम्मेदवार निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवारभन्दा ७५२ मत अगाडि देखिएका छन् ।

आइतबार दिउँसो एक बजेको मतपरिणाम अनुसार नेपाली कांग्रेसका प्रमुखका उम्मेदवारले २६५१ मत पाएका छन् । कांग्रेसका उपप्रमुखका उम्मेदवारले २४०५ मत पाएका छन् ।

नेकपा (माओवादी केन्द्र)का प्रमुखका उम्मेदवारले १८९९ र उपप्रमुखले १९४४ मत पाएका छन् ।

नेकपा (एमाले)का प्रमुखका उम्मेदवारले १७०२ र उपप्रमुखले २१०१ मत पाएका छन् ।

प्रमुखमा राष्ट्रिय जनमोर्चाका प्रमुखका उम्मेदवारले ६९५ मत पाएका छन् । नयाँ शक्ति पार्टी नेपालका प्रमुखका उम्मेदवारले ३१२ र उपप्रमुखमा २९६ मत पाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ३९२ र उपप्रमुखमा २५८ मत पाएका छन् । स्वतन्त्रबाट प्रमुखका उम्मेदवार बनेकाले १० मत पाएका छन् ।

राप्ती गाउँपालिकामा १, २, ७, ८ र ९ वडाको नतिजा सार्वजनिक भइसकेको छ ।