३० आश्विन २०८३, शुक्रबार

सवारी साधनमा नयाँ नम्बर प्लेट आउँदै, चोरी हुने समस्या हट्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gadiकाठमाडौ, ५ कात्तिक । सवारी साधन चोरी हुने, नक्कली ब्लु–बुक बनाउने, दुरूपयोग हुने जस्ता समस्याबाट अब छुटरा पाइने भएको छ ।

किनकी सरकारले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट ल्याउने तयारी गरेको छ ।

इम्बोस्ड धातुको प्लेटमा विद्युतीय तथा यान्त्रिक माध्यमद्धारा अक्षर र अंक उठ्ने गरि देखिएको हुन्छ ।

‘इम्बोस्ड’मा रहेको सानो चिपले नै सवारीसाधन र चालकको बारेमा जानकारी दिन्छ ।

‘यो नम्बर प्लेटबाट गाडी कहाँ छ थाहा हुन्छ । ब्लुबुकको झन्झट र नक्कली निकाल्ने पनि हुदैन,’ यातायात व्यवस्था विभागका निर्देशक मुक्ति केसीले भने, ‘गाडी चोरी हुने जस्ता समस्या हुने छैन ।’

केसीले यसका लागि यातायात व्यवस्था विभागबाट आन्तरिक रूपमा सम्पूर्ण काम पूरा भएको र अब तिहारपछि टेन्डर आह्वारको प्रक्रिया अघि बढाइने जानकारी दिएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ । ‘रकम भने अहिले नै उपलब्ध भइसकेको छैन,’ उनले भने, ‘टेन्डरपछि आवश्यक रकम सरकार समक्ष राख्ने छौं ।’

सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को ०७० साल वैशाक ३० मा भएको पाँचौ संसोधन अनुसार सवारी साधनको ‘नम्बर प्लेट इम्बोस्ड गरिएको हुनु पर्छ’ भनिएको छ ।

यातायात व्यवस्था विभागले यस अघि नै स्मार्ट कार्ड मंसिर भित्रमै ल्याइने जनाएको छ ।

पहिलो चरणमा १ लाख ६० हजार कार्ड ल्याइन लागेको स्मार्ट कार्ड आएपछि पहिले नयाँ लाइसेन्स बनाउने र प्रतिलिपि लिन आउनेका लागि प्रयोग गरिने केसीले जानकारी दिए ।

लाइसेन्सको सट्टामा ल्याइन लागेको स्मार्ट कार्ड एटीएम कार्ड जस्तो हुन्छ । र, यसमा चालकको परिचय पत्र, सवारी नम्बर लगायत सवारी र चालक दुवैको चाहिने सम्पूर्ण तथ्याङ हुने छ ।

सरकारले स्मार्ट कार्ड बनाउन भारतको मद्रास सेक्युरिटी प्रिन्टर्ससँग सम्झौता गरेको छ । सरकारलाई एसियाली विकास बैंक (एडीबी)को सुचना सञ्चार प्रविधि ९आईसीटी० अन्तरगतको कार्यक्रमबाट २३ लाख अमेरिकी डलर अनुदानको रूपमा प्राप्त भएको थियो । त्यस मध्ये १५ लाख डलर हामीले स्मार्ट कार्ड बनाउन खर्च गरिएको हो ।