बैतडी, १८ असार । बैतडी जिल्लाको डिलासैनी गाउँपालिकामा एमाले विजयी भएको छ । अध्यक्ष पदका उम्मेदवार ओकेन्द्र बोराले दुई हजार ६७३ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
त्यसैगरी, उपाध्यक्षमा नेकपा एमालेकै पार्वती रानाले दुई हजार ६९६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँहरुका प्रतिद्वन्द्वी अध्यक्षमा नेपाली काँग्रेसका कर्ण रानाले दुई हजार २५२ मत प्राप्त गर्नुभयो ।
यसैगरी, उपाध्यक्षमा नेकाकै जानकी कार्कीले दुई हजार २०८ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जानकारी दिएको छ । रासस












प्रतिक्रिया