
काठमाडौं, १८ असार । चक्रपथ सफाइ अभियान प्रारंभ भएको बाह्रौ हप्ता हुँदा फोहर संकलन गर्नेहरुको सख्या स्वतस्फुर्त रुपमा निकै बढेको छ ।
प्रत्येक हप्ता हुने चक्रपथ सफाइ अभियानको क्रममा आज बाहै हप्ता भएको फोहर संकलनका क्रममा १७ टन भन्दा बढी फोहर सकंलन गरिएको छ ।
टोखा रोड नजिकै सफा गरिएको फोहर संकलन अभियानमा काठमाडौ महानगरपालिका, टोखा नगरपालिका , लायन्स क्लब , ग्रिनसिटी अस्पताल, यतिहेल्थ साइन्स एकेडेमी, आमा समुह होटल ब्यबसायी संघ, पत्रकार, कलाकार र हिमालय बाताबरण सस्थाहरुको सहभागिता रहेको थियो ।
नेपाल प्रहरीको प्रभाबकारी सहभागिताले फोहर संकलन अभियानलाई थप प्रभाबकारी बनाएको बनाएको छ ।
चक्रपथको वरिपरि बढदै गएको फोहरलाई ध्यानमा राखी चmक्रपथ सफाई अभियानलाई थप प्रभाबकारी बनाउदै लगिएको छ र सो अभियानमा बिभिन्न क्षेत्रका बिशिष्ट ब्याक्तित्वहरु कसैको मातहतमा नभएर स्वतस्फुर्त रुपमा सहभागी भएका छन ।
हुन पनि चक्रपथ सफाइ अभियान एउटा स्वतन्त्र र स्वतस्फुर्त रुपमा प्रारंभ भएको अभियान हो । तर पनि बागमति सफाई अभियान, बिष्णुमति सफाई अभियान लामो समय देखि चल्दै गर्दा चक्रपथ सफाइ अभियान पनि प्रारंभ भएको यथार्थतालाई कसैले नकारेको छैन । यधपि चक्रपथ सफाई अभियान स्वतस्फुर्त रुपमा अगाडि बढेको चक्रपथ सफाई अभियानताहरुले बताएका छन ।
ग्रिनसिटी अस्पतालको सयोजनमा स्वतस्फुर्त रुपमा सचालित चक्रपथ सफाइ अभियानको बाहै हप्ता टोखा रोड अगाडिदेखि नयांबसपार्क नजिकै सम्म पुग्दा १७ टन फोहर संकलन भएको छ ।
कार्यक्रममा बरिष्ठ पत्रकार टंक पन्तले प्रत्येक घरघरबाट सफाई अभियानको थालनी गर्न र आफनो वरपर पनि सफा गर्नका लागि बिशेष भुमिका खेल्नुपर्ने कुरामा जोड दिनुभएको छ ।
बरिष्ठ पत्रकार पन्तले सफाई अभियानलाई थप प्रभाबकारी बनाउन सबैको भुमिका उत्तिकै जरुरी हुने भएकोले धेरै बोल्ने भन्दा काम प्रतिको बिश्वास बढाउन बिशृेष आग्रह गर्नुभएको छ ।
हास्यकलाकार अर्जुन घिमिरे(पाडे)ले फोहर संकलन अभियान जस्तो पबित्र कार्यमा लाग्नेहरुलाई थप उत्साहित र चक्रपथ वरिपरि रहेकालाई सफाई अभियानमा सहभागी हुन प्ररित गर्ने गरी सन्देशमुलक प्रस्तुती राख्नुभएको थियो । उहाले आगामी दिनमा अन्य चर्चित कलाकारहरुलाई फोहर संकलन अभियानमा सहभागी गराउने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।
युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक डा बिष्णु गौतम , कलाकार तिलक बस्नेत,कलाकार निर्देशक जेनिथ शर्माले अभियानमा आआपनो क्षेत्रबाट सबैको प्रभाबकारी सहभागिताको खाचो रहेको औल्याउनुभएको छ ।












प्रतिक्रिया