डोटी, १८ असार । स्थानीय तहको निर्वाचनमा डोटीमा नेकपा एमालेले बर्चश्व कायम गरेको छ । नौ वटा स्थानीय तह रहेको डोटीका पाँच तहमा एमालेले जीत हात पारेको हो ।
साविक सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम समेत रहेको दिपायल सिलगढी नगरपालीका, नेपाली कांग्रेसको बर्चश्व रहेको पूर्वीचौकी गाउँपालिका, जोरायल गाउँपालिका, सायल गाउँपालिका र आदर्श गाउँपालिकामा एमालेले प्रमुख र उपप्रमुख पद सहित विजय हासिल गरेको छ ।
त्यस्तै बोगटान गाउँपालीकाको उपाध्यक्ष पदमा पनि एमालेले विजयी हासिल गरेको छ ।
यसैबीच नेपाली कांग्रेसले डोटीका ३ स्थानीय तहमा जित हात पारेको छ ।
शिखर नगरपालिका, के.आई.सिंह गाउँपालिका र बडीकेदार गाउँपालिकामा नेपाली कांग्रेसले जीत हात पारेको हो ।
त्यस्तै नेकपा माओवादी केन्द्रले बोगटान गाउँपालीकाको अध्यक्ष पदमा जीत हात पारेर खाता खोलेको हो ।
वडाहरूमा भने नेपाली कांग्रेसले ३२ स्थानमा जीत हात पारेको छ भने एमालेले २९ र माओवादी केन्द्रले ४ वटा वडामा जीत हात पारेको छ ।













प्रतिक्रिया