
काठमाडौं, १८ असार । व्यवस्थापिका संसदको बैठक आज लामो समयपछि बस्दै छ ।
दिउँसो एक बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा केही दिन अगाडि निधन भएकी एमालेकी सांसद महिन लिम्बुको शोक प्रस्ताव पारित गरेर स्थगित हुनेछ ।
शोक प्रस्ताव पारित भएपछि संसदको बैठक सोमबारसम्मका लागि स्थगित गरिनेछ । सोमबारबाट विनियोजन विधेयकमा छलफल हुने जनाइएको छ ।












प्रतिक्रिया