२१ कार्तिक २०८३, शनिबार

गुल्मीमा वडाध्यक्षमा भाइले दाईलाई हराए

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अनिल खत्री

गुल्मी, १८ असार । गुल्मी जिल्लामा वडा अध्यक्षमा उठेका आफ्नै भाइले दाइलाई हराएका छन् ।

मुसिकोट नगरपालिकाको वडा नम्बर ४ मा एमाले उम्मेदवार ओमबहादु खत्री (भाई)ले नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार बनेका यमबहादुर खत्री (दाई) लाई हराएका हुन् । भाई ओमबहादुरले १ हजार १ सय ६१ मत ल्याई विजयी भएका छन् ।

दाजु यमबहादुरले ९ सय २७ मत ल्याएर भाइसँग पराजित भएका छन् । दाजु यमबहादुरले यसअघि नै रगतको नाता र राजनीतिसम्बन्ध फरक भएको बताउँदै आएका थिए ।

भाइले पनि पारिवारिकसम्वन्धमा तिक्तता नभएको बताउँदै जितहार पार्टीबीचमा भएको तर दुई भाइबीचमा नभएको प्रतिक्रिया दिएका छन् ।