
टीकापुर, १८ असार । कैलालीको टीकापुर नगरपालिकामा नेपाल फोरम लोकतान्त्रिक पार्टीले मेयर र उपमेयरमा अग्रता कायम राखेको छ ।
आइतबार बिहान प्राप्त पछिल्लो मत परिणाम अनुसार फोरमका मेयरका उम्मेदवारले ४५१६ र उपमेयरमा ४४६१ मत पाएका छन् ।
माओवादी केन्द्रले मेयरमा ३८४२ र उपमेयरमा ३९६२ मत पाएका छन् भने नेपाली कांग्रेसले मेयरमा ३४३७ र उपमेयरमा ३५५४ मत पाएका छन् ।
एमालेले मेयरमा ३३५४ र उपमेयरमा ३१४७ मत पाएका छन् भने राप्रपाले मेयरमा ५३० र उपमेयरमा ४८७ मत पाएका छन् ।
नयाँ शक्ति पार्टीका मेयरका उम्मेदवारले १९३ र मेयरमा १९९ मत पाएका छन् भने राजमोले मेयरमा १६ र उपमेयरमा २६ मत पाएका छन् ।











प्रतिक्रिया