काठमाडौं, १८ असार । नेकपा एमालेले नेपाली कांग्रेसभन्दा २१ सिट धेरै जितेर अग्रता कायम राखेको छ ।
आइतबार दिउँसो १ बजेसम्मको नतिजाअनुसार एमालेले ९३ स्थानमा जित हासिल गरेको हो । एमाले अझै ५६ स्थानमा अघि देखिएको छ । नेपाली कांग्रेस ७२ स्थानमा जितेको छ । कांग्रेस ५८ स्थानमा अगाडि देखिएको छ ।
माओवादी केन्द्रले २६ स्थानीय तह जितेको छ । माओवादी केन्द्र १४ स्थानमा अगाडि छ ।
जनमोर्चाले २ स्थानीय तह जितेको छ । यसैगरी, संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिकले १/१ ठाउँमा जितेका छन् ।
फोरम लोकतान्त्रिक, संघीय समाजवादी फोरम, राप्रपा लगायतले अहिले १६ ठाउँमा अग्रता लिएका छन् । अब १४२ स्थानको मतपरिणाम घोषणा हुन बाँकी छ ।












प्रतिक्रिया