
दाङ, १७ असार । दाङको घोराही र तुलसीपुर दुईवटै उपमहानगरपालिकामा नेकपा एमालेले अग्रता लिइरहेको छ ।
तुलसीपुरको मेयरमा नेकपा एमालेका घनश्याम पाण्डेले ५४ सय १३ मत ल्याएका छन् । काँग्रेसका मेयरका उम्मेदवार गेहेन्द्र गिरीले ४ हजार ७६ मतका साथ पछ्याइरहेका छन् ।
उपमेयरमा पनि एमालेकै माया आचार्यको अग्रता छ । उनले ४६ सय ६४ मत ल्याएकी छिन् । उपमेयरमा काँग्रेसकी देबका नेपालीले आचार्यलाई पछ्याइरहेकी छिन् । उनले ४२ सय २२ मत ल्याएकी छिन् ।
यसैगरी, घोराही उपमहानरमा एमालेका नरुलाल चौधरीले ९ हजार ९६१ मत ल्याएका छन् । कांग्रेसका भुपबहादुर डाँगीले ७ हजार ३९७ र माओवादीका मेयरका उम्मेदवार जीवन गौतमले ५ हजार ३८८ मत ल्याएका छन् ।











प्रतिक्रिया