२१ कार्तिक २०८३, शनिबार

कञ्चनपुरको बेदकोट २ मा एमाले विजयी, मेयरमा पनि एमालेकै अग्रता

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, १७ असार । कञ्चनपुरको बेदकोट नगरपालिका–२ मा एक विद्यार्थी नेता विजयी भएका छन् । एमाले तर्फबाट वडाध्यक्षका उम्मेदवार बनेका अनेरास्ववियु कञ्चनपुरका उपाध्यक्ष नरेश बहादुर सिह विजयी भएका छन् ।

बेदकोटका मुख्य निर्वाचन अधिकृत खेमराज भट्टले सिह विजयी भएको बताए । उनका अनुसार उक्त वडामा सिहकै पुरै प्यानल विजयी भएको छ । उनले आफ्ना प्रतिद्वन्दी नेपाली काँग्रेसका तारा प्रशाद जोशी र माओवादी केन्द्रका देशराज चौधरीलाई २८४ मतले हराउदै अध्यक्षमा विजयी भएका हुन् ।

जोशी र चौधरीले बराबरी २९८/२९८मत ल्याएका थिए । सिहले ५८२ मत ल्याएका थिए । सदस्यहरुमा सविता बोहरा, पिङ्की दमाई, जोगराम चौधरी र लक्ष्मण राना विजयी भएका छन् । एक हजार ४६४ मत खसेका थिए । ५६मत बदर भए । विजयी भएका अध्यक्ष सिहले जनतासंग गरेका बाचा र वडालाई नमुना वडा बनाउने प्रतिबद्धता जाहेर गरेका छन् । सिहं कञ्चनपुरकै कान्छा (२३) वर्षीय उम्मेदवार हुन ।

उक्त नगरपालिकामा एमालेका मेयर उम्मेदवार अशोक चन्दको अग्रता कायमै छ । चन्द युवा संघ नेपालका केन्द्रीय सचिव हुन् ।