२९ आश्विन २०८३, बिहिबार

नेपाल पत्रकार महासंघ युएई शाखाले देउसी भैलो खेल्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

7777777त्रिलोचन कोइराला
युएई ।  ‘नेपाली संस्कृतिलाई माया गरौँ सामाजिक परम्परालार्इ संरक्षण गरौँ ‘भन्दै नेपाल पत्रकार महासंघ युएई शाखाले शुभ दिपावली २०७१ को अबसरमा घरदैलो देउसी भैलो खेल्ने भएको छ  ।
प्रवासी पत्रकारिताको लेखन अभिवृद्धि गराउन एबम् व्यवसायिक पत्रकारिताको विकास गर्न भन्दै युएई  शाखाले गत बर्ष देखि देउसीभैलो खेल्न थालेको हो ।

शाखाका अध्यक्ष अर्जुन दाहालले दिएको जानकारी अनुसार देउसीभैलोलाइ ब्यबस्थित तथा आवश्यक गृहकार्य गर्न एबम सहज र सफल रुपमा कार्यक्रम सम्पन्न गर्न अध्यक्ष दाहालको संयोजकत्वमा एक ब्यबस्थापन समितिको गठन गरेको छ ।

महासंघमा आबद्ध पत्रकारहरुको टोलिले युएईमा रहेका बिभिन्न नेपाली समाजसेवी तथा व्यवसायीहरुको निवासमा देउसीभैलो खेल्लने तयारी गरेको छ ।

यूएईमा नेपालीहरुको उपस्थिति बाक्लिएसंगै यहाँ स्थापित बिभिन्न संघसंस्थाहरुले हरेक बर्ष दीपावलीको अवसरमा यसैगरी देउसीभैलो खेल्दै आएका छन ।
महासंघलाई  देउसीभैलो खेल्न युएई शाखाका सदस्य युएई बाट संचालित अनलाइन पत्रिका द नेपाली भ्याइस, प्रवासी अनलाइनमा आबद्ध पत्रकार  कलाकारहरु  प्रकास न्यौपाने , खिमलाल पाण्डे , बाबुराम सुबेदी लगाएतको टोलीले साथ दिने भएको दाहालले बताएका छन् ।