– तेजबहादुर सिंह
डोटी, १७ असार । डोटीका दुईवटा गाउँपालिकामा एमालेका अध्यक्ष र उपाध्यक्ष पदका उम्मेद्वार बिजयी भएका छन् । डोटीको पुर्बिचौकी र सायल गाउँपालिकामा नेकपा एमालेका तर्फबाटका उम्मेदवारहरु निर्वाचित भएका हुन् ।
डोटीको सायल गाउपालिकामा नेकपा एमालेको तर्फवाट अध्यक्ष पदका उम्मेद्वार तेजबहादुर डुम्रेलले २ हजार ६ सय ३१ मत प्राप्त गरि बिजयी भएका छन् भने उनका निकटम् प्रतिद्धवन्दी नेपाली कांग्रेसका धर्मराज जोशीले २ हजार ३ सय १२ मत प्राप्त गरेका छन् । साथै सायल गाउपालिकामा उपाध्यक्ष पदमा नेकपा (एमाले)को तर्फवाट बिष्ना सिंहले २ हजार ७ सय २४ मत प्राप्त गरेकी छन् भने नेपाली कांग्रेसकी पुर्णमाया बिस्टले २ हजार २ सय ५८ मत प्राप्त गरेकी छन् ।
यसैगरी डोटीको पुर्बिचौकी गाउँपालिकामा नेकपा एमालेको तर्फवाट दिर्घराज वोगटी र उपाध्यक्ष पदमा निर्मला देवी साउद बिजयी भएका हुन् । नेकपा एमालेको तर्फवाट अध्यक्ष पदका उम्मेदवार दिर्घराज बोगटीले ३ हजार ६१५ मत प्राप्त गरेका थिए भने उनका निकटतम् प्रतिद्वन्दी राम प्रसाद उपाध्यायले ३ हजार ५६८ मत प्राप्त गरेका थिए । यसै गरी पुर्बिचौकी गाउपालिकामो नेकपा –एमाले( को तर्फवाट उपाध्यक्ष पदकी उम्मेदवार निर्मला देवी साउदले ३ हजार ५८८ मत ल्याएकी छन् भने उनकी निकटम् प्रतिद्वन्दी माया देवी कुवंरले ३ हजार ५२८ मत ल्याएकी छन् ।
सायल गाउपालिकाको ६ वटा वडा हरु मध्ये ५ वटा वडामा वडा अध्यक्ष सहितका नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।













प्रतिक्रिया