धनगढी, १७ असार । कैलालीका १३ स्थानीय मध्ये दुई तहको परिणाम प्रकाशित भएको छ । परिणाम आएका दुईमध्ये नेकपा एमाले र नेपाली कांग्रेसले १/१ स्थानमा जीत हासिल गरेका छन ।
सवैभन्दा पहिले परिणाम प्राप्त कैलालीको पहाडी क्षेत्र चुरे गाउँपालिकमा एमालेका धनवहादुर रोक्कामगर र उपाध्यक्षमा पनि एमालेकै दीपादेवी साउद विजयी भएकीहुनु भएको छ । निर्वाचन अधिकृत कृष्णवहादर वोहरा अध्यक्ष रोक्कामगरले दुई हजार पाँच सय १६ मत पाएका थिए भने उपाध्यक्ष साउदले दुई हजार छ सय १६ मत पाउनुभयो ।
अध्यक्ष पदमा कांग्रेसका टीकाराम ढुंगानाले दुई हजार तीन सय ६६ मत पाउनु भएको थियो । भने उपाध्यक्षमा पराजित कांग्रेसकी धना थापामगरले दुई हजार तीन सय ७६ मत पाउनुभयो । चुरेमा माओवादी केन्द्रले तेस्रो मत पाएको थियो ।
यस्तै फोरम लोकतान्त्रिकको किल्लाकोरुपमा रहेको जोशीपुर गाउँपालिकामा नेपाली कांग्रेसका रामकृष्ण चौधरी अध्यक्ष र गीता चौधरी उपाध्यक्षमा विजयी हुनु भएको छ । निर्वाचन अधिकृत जीवननाथ पोख्रेलका अनुसार रामकृष्णले तीन हजार सात सय ३२ मत पाउनु भएको थियो । यस्तै उपाध्यक्ष चौधरीले तीन हजार सात सय ६८ मत पाउनुभयो ।
कांग्रेसलाई फोरम लोकतान्त्रिकका विरु चौधरी र किरण चौधरीले टक्कर दिनु भएको थियो । अध्यक्षका प्रत्यासी विरुले दुई हजार सात सय ४१ पाउनुभयो । यस्तै उपाध्यक्षका प्रत्यासी चौधरी तीन हजार चार सय ८९ मत पाउनुभयो । विरु फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरीका सहोदर दाजू र किरण सांसद जनक चौधरीकी श्रीमति हुनुहुन्छ । चुरेमा एमालेले चार वडा र काग्रेसले दुई वडा जितेको छ ।












प्रतिक्रिया