गुल्मी, १७ असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा पहिलो स्थानमा जित हासिल गर्दै गइरहेको नेकपा एमालेले विजयी उत्सव मनाउन सुरु गरेको छ ।
काँग्रेसको पकड मानिएको रेसुंगामा एमालेले बहुमत वडासहित नगरको नेतृत्वमा जितेको हो । काँग्रेस पल्टिएपछि शनिबार गुल्मीमा पार्टीको शीर्ष नेतृत्वसहित विजय उत्सव मनाइएको छ । नेकपा एमाले गुल्मीले रेसुङ्गा नगरपालिकामा जित हासिल गरेको उपलक्ष्यमा आयोजना गरेको विशाल विजय सभालाई पार्टीको केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले रेसुङ्गा नगरपालिकामा सचेत जनता भएकोले एमालेलाई जिताएको प्रतिक्रिया दिँदै यस क्षेत्रको बिकासको लागि आर्थिक अभाव नहुने र बिकासमा कुनै पनि कम नगर्न उम्मेदवारलाई निर्देशन दिए ।
रेसुङ्गा नगरले विकास चाहेको भन्दै ओलीले हजारौंको जनसहभागिताका बीच भने– ‘अब एमालेले सत्तामा गएर राज गर्न नगर जितेको होइन हामीले बिकास गरेर देखाउँछौ ।’ अध्यक्ष ओलीले एमाले बिकास गर्ने पार्टी हो भन्दै अगाडि भने– ‘यहाँका जनताले बिकास र परिर्वतन चाहेका छन् त्यसको पुरा गर्न एमाले छ ।’
नगरको बिजयी उत्सव सभामा एमाले सचिवद्धय प्रदिप ज्ञवाली, गोकर्ण बिष्ट, केन्द्रिय सदस्य रामकुमारी झाँर्की, सांसद दिलशोभा पुन लगायतले सम्बोधन गरेका थिए ।























प्रतिक्रिया