९ मंसिर २०८३, बुधबार

गुल्मीमा ओलीको गर्जन- ‘अब को-को बढारिन्छन् ? उनीहरुलाई बढार्ने कुचो एमालेको हातमा छ’

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अनिल खत्री

गुल्मी, १७ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरु पार्टीलाई बढार्ने कुचो एमालेको हातमा रहेको बताएका छन् ।

नेकपा एमाले रेसुङ्गा नगरपालिका गुल्मीको बिजयी सभालाई सम्बोधन गर्दै ओलीले सत्ता पक्षले प्रदेश नम्बर दुईको निर्वाचनमा एमाले बढार्ने भनेको सन्दर्भमा ‘अब को-को बढारिन्छन् उनीहरुलाई बढार्ने कुचो एमालेको हातमा आउने’ बताए । दोस्रो चरणको निर्वाचनमा पनि एमालेको पक्षमा बलियो बहुमत आएकाले सत्ता पक्ष सल्बल्लाई रहेको उनको टिप्पणी छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले रेसुङ्गा नगरपालिकामा सचेत जनता भएकोले एमालेलाई जिताएको बताए । उनले यस क्षेत्रको बिकासको लागि आर्थिक अभाव नहुने र बिकासमा कुनै पनि कम नगर्न उम्मेदवारलाई सुझाव दिए ।

रेसुङ्गा नगरले विकास चाहेको भन्दै ओलीले भने– ‘अब एमालेले सत्तामा गएर राज गर्न नगर जितेको होइन हामीले बिकास गरेर देखाउँछौ ।’ अध्यक्ष ओलीले एमाले बिकास गर्ने पार्टी हो भन्दै अगाडि भने– ‘यहाँका जनताले बिकास र परिर्वतन चाहेका छन् त्यसको पुरा गर्न एमाले छ ।’

नेकपा एमाले राष्ट्रियता स्वाधिनताको पक्षमा रहेकाले त्यसको पक्षमा जनता रहेको दावी गरे । उनले हिमाल, पहाड र तराईलाई अलग्याउने खेलविरुद्ध गुल्मी र लुम्बिनी अञ्चल नै अडिग भएर उभिएकाले त्यस्ता शक्तिलाई असफल बनाएको बताए ।

यो नगरमा एमाले जित्नु भनेको यहाँको बिकासको ढोका खुल्नु हो त्यसको निम्ती कुनै पनि कमी हुन नदिन नवनिर्वाचित मेयरलाई ओलीले आग्रह गरे । उनले भने– ‘हामी माथी छौ तपाई तल बसेर काम गर्नु,स बिकासको निम्ती बजेट कति चाहिन्छ त्यसको व्यवस्था मैले गर्छु ।’

बढ्दो बेरोजगार अत्य गर्न युवाहरुलाई स्वदेशमै रोजगारको सृजना गर्न र कृषि, पशुपालन र पर्यटनलाई आधार बनाएर अगाडि बढन र नगरको बिकासका निम्ती गुरु योजना बनाएर अगाडी बढन उनले नेतृत्वलाई सुल्झाए । नेता ओलीले जनताले दुःख नपाउनको लागी एमालेले प्रदेश र केन्द्रको निर्वाचनमा बहुमत ल्याउनुपर्ने बताए । ‘एमाले जनताको बिकास र समृद्धिका निम्ती लडने पार्टी हो,’ उनले भने– ‘अबका दुई निर्वाचनमा पनि पहिलो पार्टी एमालेलाई जनताले बनाउछन् ।’

‘यो नगरमा जनताले परिर्वतन खोजेछन् त्यसैमा म पनि खुसी साट्न गुल्मी आए,’ उनले अगाडि भने– ‘कृषि आधुनिकरण र ब्यवसायीकरणमा जोड दिनुस्, परिर्वतन जनताले अुनभुती गर्नेछन् ।’ देशमा बिकास गर्ने, अग्रगामी परिर्वतन गर्ने, भष्ट्चार नियन्त्रण गर्ने पार्टी एमाले भएकाले देशको समृद्धि र बिकासको निम्ती एमाले सधै तत्पर रहेको उनको भनाई थियो ।

नगरको बिजयी उत्सव सभामा एमाले सचिवद्धय प्रदिप ज्ञवाली, गोकर्ण बिष्ट, केन्द्रिय सदस्य रामकुमारी झाँर्की, सांसद दिलशोभा पुन लगायतले सम्बोधन गरेका थिए ।