
झापा, १७ असार । झापा जिल्लाको बिर्तामोड नगरपालिकामा एमालेका मेयर पदका उम्मेदवारले २११४ मत ल्याएका छन् । उपमेयरमा २३७६ मत आएको छ ।
कांग्रेसले मेयरमा १६७७ र उपमेयरमा १९७५ मत पाएको छ । माओवादी केन्द्रले ५६३ र उपमेयरमा ४६१ मत पाएका छन् ।
राप्रपाले मेयरमा १२९५ र उपमेयरमा १९५१ मत पाएका छन् ।
अर्जुनधारा नगरपालिकामा एमालेले मेयरमा २३८२ र उपमेयरमा २२८३ मत पाएको छ ।
कांग्रेसले मेयरमा १४४३ र उपमेयरमा १५५१ तथा माओवादी केन्द्रले मेयरमा ३२२ र उपमेयरमा ३२७ मत पाएका छन् । राप्रपाले मेयरमा ५५ र उपमेयरमा ४९ मत पाएका छन् ।
गौरादह नगरपालिकामा कांग्रेसले मेयरमा ३००१ र उपमेयरमा २४४२ मत पाएका छन् । एमालेले मेयरमा २७४० र उपमेयरमा ३१४३ मत पाएका छन् ।
माओवादी केन्द्रले ११३३ र उपमेयरमा १०९१ मत पाएका छन् । राप्रपाले मेयरमा ११० र उपमेयरमा १७४ मत पाएका छन् ।











प्रतिक्रिया