
भोजपुर, १७ असार । भोजपुर जिल्लाको आमचोक गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । एमालेका सांसद एवं पूर्वमन्त्री शेरधन राईको गाउँमा माओवादी केन्द्रले कब्जा जमाएको हो ।
माओवादी केन्द्रका प्रमुखका उम्मेदवार अशोक राई ३०८१ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका बहादुर राईले २६५५ मत प्राप्त गरे ।
उपप्रमुखमा पनि माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रकी सीता राईले ३०५८ मत ल्याइन् । एमालेकी दीब्यकला राईले २६२२ मत ल्याइन् ।












प्रतिक्रिया