
गुल्मी, १७ असार । गुल्मीको रूरू नगरपालिका र मालिका गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।
रुरु नगरपालिकाको मेयरमा एमालेका निलकण्ठ गौतमले ५०२२ र उपमेयरमा लक्ष्मी पन्तले ५४८८ मत ल्याएर विजयी भइन भने मेयरका प्रतिस्पर्धी माओवादीका यदु ज्ञवालीले ३७६३ र उपमेयरका प्रतिस्पर्धी कांग्रेसका देवेन्द्र मल्ल ३४४६ मत ल्याए ।
यस्तै मालिका गाउँपालिकाको अध्यक्षमा एमाले रितबहादुर थापा ४०४२ मतका साथ विजयी भएका हुन् । यस्तै उपाध्यक्षमा पनि एमालेकी देवा अर्याल ४०२५ मतका साथ विजयी भएकी छन् ।
थापका प्रतिस्पर्धी कांग्रेसका ज्ञानबहादुर कार्कीले ३४४७ मत प्राप्त गरे भने अर्यालकी प्रतिस्पर्धी गीता आर्यालले ३७५९ मत प्राप्त गरिन् ।
अहिलेसम्म गुल्मीमा ५ स्थानीय तहको नतिजा आएको छ । जसमा ३ वटा एमाले र २ वटामा कांग्रेस विजयी भएको छ ।











प्रतिक्रिया