९ मंसिर २०८३, बुधबार

नरैनापुर गाउँपालिकामा संघीय फोरम विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही जिल्लाको रोहिणी गाऊपालिकाको वड़ा न. २ र मार्चवारी गाऊँपालिकाको वडा नम्बर २ मा संघीय समाजवादी फोरम नेपाल विजयी भएको छ

नेपालगञ्ज, १७ असार । बाँके जिल्लाको नरैनापुर गाउँपालिकामा संघीय समाजवादी फोरमले प्रमुख उपप्रमुखसहित ३ वडामा जीत निकालेको छ ।

६ वडा रहेको सो गाउपालिकामा असार १४ गते भएको निर्वाचनमा १२ हजार १ सय ८८ मत खसेको थियो ।

नरैनापुर गाउपालिकामा संघीय समाजबादी फोरम नेपालका गाउँपालिका प्रमुखका उम्मेदवार शम्भु मियाँ उपनामका ईस्तियाक अहमद शाहले ४०८० मत प्राप्त गरी प्रमुख पदमा जितेका छन् । उनको निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवारले ३१८८ मत ल्याए ।

त्यस्तै उपप्रमुखमा जयन्ती देबी श्रीबास्तवले ३०४४ मतले विजयी भईन उनको निकटतम प्रतिद्धन्दी नेपाली कांग्रसका उम्मेदवारले २५९८ प्राप्त गरेकोे निर्वाचन अधिकृत गोर्खबहादुर थापाले जानकारी दिए ।

६ वडा रहेको नरैनापुरमा वडा नं. १, २ र ४ मा संघीय समाजवादी फोरमका उम्मेदवारहरु क्रमशः मोलहे बेहना, मसुद अहमद साह दिनेश प्रसाद शर्मा विजयी भएका छन् । भने वडा नं. ३, ५ र ६ मा नेपाली कांग्रेसका उम्मेदवार वडा अध्यक्षमा निर्वाचित भएका छन् ।