९ मंसिर २०८३, बुधबार

धनगढी, तानसेन, खाँदबारी, स्वर्गद्वारी र फिदिममा यस्तो छ मतपरिणाम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १७ असार । धनगढी उपमहानगरपालिकामा नेपाली कांग्रेसका मेयरका उम्मेदवारले २२६७ मत पाएका छन् । यो नगरपालिकामा कांग्रेसले अग्रता लिइरहेको छ ।

एमालेका मेयर पदका उम्मेदवारले १९५७, स्वतन्त्र १८३५ मत पाएका छन् ।

उता, पाल्पाको तानसेन नगरपालिकामामा एमालेका मेयरले ७०२७, कांग्रेसले ५१३८ मत पाएका छन् । उपमेयरमा एमालेले ६४६४, कांग्रेसले ५३६४ मत पाएका छन् ।

संखुवासभाको खाँदवारी नगरपालिकामा कांग्रेसका मेयरका उम्मेदवारले ३२८२ र उपमेयरमा ३६०५ मत पाएका छन् । एमालेका मेयरका उम्मेदवारले ३७०९ र उपमेयरमा ३६३८ मत पाएका छन् ।

पाँचथरको फिदिम नगरपालिकमा कांग्रेसले मेयरमा २६२२ र उपमेयरमा २३४१ मत पाएका छन् । एमालेका मेयर पदमा २६६१ र २४५९ मत पाएका छन् ।

प्यूठानको स्वगर्गद्वारी नगपालिकामा एमालेका मेयरका उम्मेदवारले २९०३ र २८१४ मत पाएका छन् । माओवादी केन्द्र र राजमो गठबन्धनले मेयरमा २२७७ र उपमेयरमा २१२४ मत पाएका छन् ।