११ मंसिर २०८३, शुक्रबार

राप्ती गाउँपालिकामा एमालेले खाता खोल्यो, कांग्रेसको अग्रता कायम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– केशव बोहरा

भालुबाङ, १७ असार । दाङको राप्ती गाउँपालिकामा नेपाली कांग्रेसले आफ्नो अग्रतालाई बढाउँदै लगेको छ । अहिलेसम्म ५२९६ मत गणना भइसकेको छ ।

पछिल्लमे मतपरिणाम अनुसार नेपाली कांग्रेसका प्रमुखका उम्मेदवारले १७५७ मत पाएका छन् । उपप्रमुखमा कांग्रेसले १५७५ मत पाएको छ ।

एमालेका प्रमुखका उम्मेदवारले ११०८ र उपप्रमुखमा १३६४ मत पाएका छन् । माओवादी केन्द्रले १००५ र उपप्रमुखमा १०५४ मत पाएका छन् ।

यसैबीच, राप्ती गाउँपालिकाको वडा नं. ८ मा एमालेको पूरै प्यान विजयी भएको छ । वडाध्यक्षमा एमालेका उम्मेदवार गोकर्णबहादुर राना ६५७ मतसहित विजयी भएका छन् ।

महिला सदस्यमा निमाकुमारी चौधरीले ६५७, दलित महिला सदस्यमा लक्ष्मी दमाई ६३७, खुला केन्द्रीय सदस्यमा रामचन्द्र चौधरी ६३४ र विष्णु गुरुङ तमुले ६०७ मतसहित विजयी हासिल गरेका छन् ।