
अनिल खत्री
गुल्मी, १६ असार । गुल्मीको रेसुंगा नगरपालिकामा एमाले र काँग्रेसको बराबरी मत आएपछि गोला थुतिने भएको छ ।
रेसुंगा वडा नम्बर ४ मा एमाले र काँग्रेसका उम्मेदवारले बराबरी ४ सय ९३ मत ल्याएपछि गोलाप्रथाबाट निर्वाचित गराउने तयारी भैरहेको मुख्य निर्वाचन अधिकृत मातृकाप्रसाद मरासिनीले बताए ।
गुल्मीमा शुक्रवारसम्म घोषणा भएका ९ गाउँ र २ नगरको परिणाम अनुसार ९३ वडामध्ये एमालेले २५ वडामा जितेको छ भने कांग्रेसले २१ र माओवादीले २ वडा जितेको छ ।
रेसुंगा नगरमा ९ वटा काँग्रेसले जितेको छ तर नगरपालिका प्रमुखमा एमालेले अग्रता लिएको छ ।
त्यस्तै छत्रकोट, रुरु, सत्यवती, कालीगण्डकी, मालिका, इश्मा गाउँपालिकामा एमालेले अग्रता लिएको छ । मुसिकोट नगरपालिकामा एमालेले अग्रता लिएको छ । धुर्कोट गाउँपालिकामा माओवादी र कांग्रेसको संयुक्त प्यानलले अग्रता लिएको छ । चन्द्रकोट गाउँपालिका प्रमुखमा कांग्रेस बिजय नजिक पुगेको छ । उपप्रमुखमा एमाले नजिक छ । विवादका कारण रोकिएको मदाने गाउँपालिकाको मतगणना शुक्रबारदेखि शुरु भएको छ ।











प्रतिक्रिया