
वुटवल, १७ असार । वुटवल उपमहानगरपालिकाको जारी मतगणनामा मेयर पदमा अहिले एमाले र काँग्रेसबीच कडा टक्कर देखिएको छ ।
मेयरमा नेकपा एमालेले ५५ सय ९७ मत पाएको छ भने काँग्रेसले ५४ सय २४ मत ल्याएको छ । यसैगरी, उपमेयरमा एमालेले ६१ सय २० मत ल्याएको छ । माओवादीले उपमेयरमा ३९ सय २३ मत ल्याएको छ । बुटवल एमाले एक्लै भिडिरहेको छ भने काँग्रेस र माओवादीको गठबन्धन छ ।
अहिले वडा नम्बर ६ को मतगणना भइरहेको छ । वडा नम्बर ६ मा १ हजार मत गणना भइसकेको छ । वडा अध्यक्षमा एमालेले ५ सय ५० मतका साथ अग्रता लिइरहेको छ भने काँग्रेसले कांग्रेस ३ सय ५४ मतका साथ पछ्याइरहेको छ ।











प्रतिक्रिया