९ मंसिर २०८३, बुधबार

५० स्थानीय तहको नतिजा आयोः एमाले २१, काँग्रेस १७, माओवादी १० स्थानमा विजयी (नामावलीसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ असार । दोस्रो चरणको निर्वाचन अन्तरगत ५० वा स्थानीय तहको मतपरिणाम आएको छ ।

शुक्रबार राति ११ बजेसम्मको मतपरिणाम अनुसार, नेकपा एमालेले सबैभन्दा बढी २१ ठाउँमा जितेको छ । यसैगरी, दोस्रोमा रहेको काँग्रेसले १७ स्थानीय तहमा जितेको छ । माओवादी केन्द्रले १० स्थानीय तह जितेको छ । प्युठानबाट राजमो र बाँकेबाट संघीय समाजवादी फोरमले पनि खाता खोलेको छ ।

त्यसैगरी, एमाले १ सय १० स्थानमा अगाडि देखिएको छ । कांग्रेस १०८ र माओवादी केन्द्र ३० स्थानमा अगाडि देखा परेको छ ।

नामावली: 

  1. अमरगढी नगरपालिका, डडेलधुरा : विश्वेश्वर (विपीन ओझा)
  2. मष्टा गाउँपालिका, बझाङ :  कर्णबहादुर रावत,
  3. पाण्डवगुफा गाउँपालिका, बाजुरा : कालीबहादुर शाही
  4. जन्तेढुंगा गाउँपालिका, खोटाङ : शंकर राई
  5. गौमुल गाउँपालिका, बाजुरा: हरि रोकाया
  6. पन्चेश्वर गाउँपालिका, बैतडी : गोरख बहादुर चन्द
  7. थलारा गाउँपालिका, बझाङ : भुवनेश्वर उपाध्याय
  8. मौवाखोला गाउँपालिका, ताप्लेजुङ : राजन कुमार थक्लुङ
  9. रामप्रसाद राई गाउँपालिका, भोजपुर : बिजय राई
  10. लेकम गाउँपालिका, दार्चुला : परमानन्द जोशी
  11. वित्थडचिर गाउँपालिका, बझाङ : प्रेम बोहरा
  12. दुर्गाथली गाउँपालिका, बझाङ : प्रयागराज जोशी
  13. ताप्ली गाउँपालिका, उदयपुर: उद्दवसिंह थापा
  14. त्रिवेणी सुस्ता गाउँपालिका, नवलपरासी: रामप्रसाद पाण्डे
  15. अपिहिमाल गाउँपालिका, दार्चुला : धर्मानन्द सिंह
  16. तलकोट गाउँपालिका, बझाङ : लालबहादुर विष्ट
  17. खाल्सा छिन्ताङ सहीदभूमि गाउँपालिका, धनकुटा: मनोज राई
  18. पौवादुम्मा गाउँपालिका, भोजपुर : किरण राई
  19. हिलिहाङ गाउँपालिका, पाँचथर : भवानीप्रसाद लिङदेन
  20. तिनाउ गाउँपालिका, पाल्पा : अमबहादुर घर्ती
  21. मादी नगरपालिका, संखुवासभा विदुर लिन्थेप

कांग्रेस

  1. बडिमालिका नगरपालिका, बाजुरा  : पदम बडुवाल
  2. छेडदह गाउँपालिका, बाजुरा : नरबहादुर रावत
  3. काँडा गाउँपालिका, बझाङ : राजेन्द्र बोहरा
  4. चिचिला गाउँपालिका, संखुवासभा : पासाङ नोर्बु शेर्पा
  5. सिलिचोङ गाउँपालिका, संखुवासभा : राम बहादुर राई
  6. महाकाली नगरपालिका, दार्चुला : हंसराज भट्ट
  7. दरबार गाउँपालिका, गुल्मी : अशोककुमार थापा
  8. भागेश्वर गाउँपालिका, डडेल्धुरा : कौशिला भट्ट
  9. आलिताल गाउँपालिका, डडेल्धुरा : बलबहादुर गुरुङ
  10. के.आइ.सिं गाउँपालिका, डोटी : लोकेन्द्र शाही
  11. गन्यापधुरा गाउँपालिका, डडेलधुरा : नबलबहादुर मल्ल
  12. बाजुरा, हिमाली गाउँपालिकाः गोविन्द बहादुर मल्ल
  13. एेसेँलुखर्क गाउँपालिका, खोटाङ : विश्वनाथ निरौला
  14. प्रतापपुर गाउँपालिका, नवलपरासी : राजकुमार शर्मा
  15. मेरिङदेन गाउँपालिका, ताप्लेजुङ : गणेशबहादुर लिम्वू
  16. चन्द्रकोट गाउँपालिका, गुल्मी द्रोणबहादुर खत्री
  17. तुम्वेवा गाउँपालिका, पाँचथर : होमनाथ थापा

माओवादी

  1. लिखु पिके गाउँपालिका, सोलुखम्बु : डम्बर बहादुर बस्नेत
  2. महाकुलुङ गाउँपालिका, सोलुखुम्बु : सागर कुलुङ
  3. बंगलाचुली गाउँपालिका, दाङ : भक्तबहादुर ओली
  4. पुथा उत्तरगंगा गाउँपालिका, रुकुम : ओमप्रसाद घर्ती
  5. भुमे गाउँपालिका, रुकुम : रामसुर बुढा मगर
  6. सिस्ने गाउँपालिका, रुकुम : कुमारी बराल गौतम
  7. अजयमेरु गाउँपालिका, डडेल्धुरा : उमेश भट्ट ‘विकास’
  8. बोगटान गाउँपालिका, डोटी : कमलबहादुर गड्सिला
  9. थवाङ गाउँपालिका, रोल्पा : वीरबहादुर घर्ती
  10. लालझाडी गाउँपालिका, कन्चनपुर : मदनसेन बडायक

राष्ट्रिय जनमोर्चा

  1. मल्लरानी गाउँपालिका, प्यूठान : अम्मरध्वज राना

संघीय समाजवादी फोरम

  1. नरैनापुर गाउँपालिका, बाँके : इश्तियाक अहमद साह