
– आकाश देवकोटा
नेपालगन्ज, १८ असार । नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा राप्रपाका उम्मेदवार झण्डै तीन हजार मतले अगाडि देखिएका छन् ।
पछिल्लो परिणाम अनुसार, राप्रपाका मेयरका उम्मेदवार धबल शमशेर राणाले ७ हजार १७९ मत ल्याएका छन् । दोस्रो नम्बरमा रहेका काँग्रेसका मेयरका उम्मेदवार सुरेश कनोडियाले ४ हजार ३९४ मत ल्याएका छन् ।
उपमेयरमा काँग्रेसकी उमा मगरले अग्रता कायमै राखेकी छिन् । उनले ५४ सय ७० मत पाएकी छिन् । उनलाई राप्रपाकी उम्मेदवारले ५२ सय ७ मतका साथ पछ्याइरहेकी छिन् ।
यसैगरी, तेस्रो नम्बरमा रहेको एमालेले मेयरमा ३९ सय ६० मत पाएको छ भने उपमेयरमा ४४ सय ३५ मत ल्याएको छ ।
माओवादीले मेयरमा ३८ सय ४२ मत पाएको छ । उपमेयरमा ३४ सय ९६ मत पाएको छ ।
यसैबीच भर्खरै सकिएको नेपालगन्ज २० नम्बर वडाको अध्यक्षमा एमालेका कृष्ण कार्की प्यानलैसहित विजयी भएका छन् ।











प्रतिक्रिया