– विजय थापा
अमेरिका । नेपाली चलचित्रकी अभिनेत्री प्रियंका कार्की अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरमा आइपुगेकी छिन् ।
कार्की जुन ३० देखि जुलाई २ सम्म हुने नेप्लीज अमेरिकन कन्भेन्सन नामक सम्मेलनमा सहभागी हुन् आएकी हुन् ।
उनले उक्त सम्मेलनमा ३ दिनसम्म कार्यक्रमहरूमा सहभागिता जनाउने छिन । बिशेष उनी कार्यक्रम प्रस्तोता, भेषभूषा प्रदर्शनमा मुख्य आकर्षणको रुपमा रहने छिन् । उनले बिशेष प्रस्तुति गर्ने तथा सांस्कृतिक कार्यक्रममा समेत सहभागिता जनाउने बताइएको छ ।
भेषभूषा प्रतिस्प्रद्धामा १८ देखि २९ वर्षका युवतीहरुको सहभागिता हुने छन् । सम्मेलनमा खेलकुद, मनोरंजन, बिबिध मंच, गोष्ठी, व्यापार प्रदर्शन, बालबालिका प्रतियोगिता तथा बिबिध सांस्कृतिक कार्यक्रमहरू हुनेछ ।
उनलाई स्वागत गर्न नेप्लीज अमेरिकन सम्मेलनका आयोजक तथा कार्यक्रम संयोजक प्याट्रिक सुबेदी लगायत अन्य विमानस्थल पुगेका थिए । कार्कीलाई खादा लगाई स्वागत गरिएको थियो ।
















प्रतिक्रिया