९ मंसिर २०८३, बुधबार

प्रधानमन्त्री देउवाको गृहजिल्लाबाट यस्तो आयो मत परिणाम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डडेलधुरा, १६ असार । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराको गन्यापधुरा गाउँपालिकामा नेपाली कांग्रेसले भारी अग्रता हासिल गरेको छ ।

पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका प्रमुखका उम्मेदवारले २५३५ मत पाएका छन् । उपप्रमुखमा २५९५ मत आएको छ ।
एमालेका प्रमुखका उम्मेदवारले १२८६ र उपप्रमुखमा १२३१ मत पाएका छन् ।

माओवादी केन्द्रका प्रमुखका उम्मेदवारले ८३७ र उपप्रमुखले ६ मत पाएका छन् ।

डडेलधुराकै अमरगढी नगरपालिकामा भने कांग्रेसलाई पछि पार्दै एमालेका उम्मेदवारले अग्रता हासिल गरेका छन् ।

मेयरमा एमालेका उम्मेदवारले २५२३ मत पाएका छन् भने उपमेयरमा २४७२ मत आएको छ ।

नेपाली कांग्रेसका मेयरका उम्मेदवारले २५०४ र उपमेयरले २२१५ मत पाएका छन् ।

माओवादी केन्द्रका मेयरका उम्मेदवारले २५४ र उपमेयरमा ५३९ मत आएको छ ।