– केशव बोहरा
भालुबाङ, १६ असार । दाङको राप्ती गाउँपालिकामा नेपाली कांग्रेसले आफ्नो अग्रता ह्वात्तै बढाएको छ । राप्ती गाउँपालिकामा बिहान सात बजेसम्म २६९७ मत गणना भएको छ ।
कांग्रेसका प्रमुखका उम्मेदवार नुमानन्द सुवेदीले ९६२ मत पाएका छन् । उपप्रमुखमा कांग्रेसकी जगदम्वा चौधरीले ८५९ मत पाएकी छिन् ।
माओवादी केन्द्रका प्रमुखका उम्मेदवार श्यामेर चौधरीले ५२१, उपप्रमुखमा भगवती न्यौपानेले ५५९ मत पाएकी छिन् ।
एमालेबाट प्रमुखको उम्मेवदार बनेका खिमबहादुर केसीले ५२५ र उपप्रमुख भवानी न्यौपानेले ६२९ मत पाएकी छिन् ।












प्रतिक्रिया