९ मंसिर २०८३, बुधबार

उपमहानगरपालिकामा एमालेको पहिलो जित: वुटवल उपमहानगरमा प्यानलै विजयी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, १५ असार । वुटवल उपमहानगरपालिकामा एमालेले विजयी सुरुवात गरेको छ ।

वुटवल वडा नम्बर १ मा एमालेका वडाअध्यक्षका उम्मेदवार महेन्द्र लिगलसहित सिंगो प्यानलसहित नै विजयी भएका हुन् । उनले काँग्रेसका नरेन्द्र बस्नेतलाई हराए । लिगलले ६६० मत ल्याए भने बस्नेतले ५२५ मत पाए ।

यो वडा काँग्रेसको पकड भएको मानिन्छ । हार्ने भनेर आंकलन गरिएको वडा नै जितेपछि एमाले उत्साहित भएको छ ।

मेयरमा भने काँग्रेसका खेलराज पाण्डेयले ९७७ मतका साथ अग्रता लिएका छन् ।

एमालेका शिवराज सुवेदीले ५८४ ले पाण्डेयलाई पछ्याइरहेका छन् ।

यसैगरी, उपमेयरमा एमालेकी गोमा आचार्य ६८४ मतका साथ अगाडि छिन् । उनलाई माओवादी केन्द्रका जगत पोख्रेलले ६८२ मतले पछ्याइरहेका छन् ।