– केशव बोहरा
भालुवाङ, १५ असार । दाङको राप्ती गाउँपालिकामा नेपाली कांग्रेसले लिड गरेको छ । नेपाली कांग्रेसका प्रमुखका उम्मेदवार नुमानन्द सुवेदीले ४११ मत पाएका छन् । उपप्रमुखमा कांग्रेसकी जगदम्वा चौधरीले ३८७ मत पाएकी छिन् ।
माओवादी केन्द्रका प्रमुखका उम्मेदवार श्यामेर चौधरीले ३२८, उपप्रमुखमा भगवती न्यौपानेले ३१६ मत पाएकी छिन् ।
एमालेबाट प्रमुखको उम्मेवदार बनेका खिमबहादुर केसीले २०९ र उपप्रमुख भवानी न्यौपानेले २४८ मत पाएकी छिन् ।












प्रतिक्रिया