
मोरङ, १५ असार । नेकपा एमालेले मोरङको मिक्लाजुङ गाउँपालिकामा खाता खोलेको छ ।
मिक्लाजुङ वडा नम्बर १ मा एमालेको प्यानलै विजयी भएको छ । वडा अध्यक्षमा नरबहादुर राई (जीवन) चार सय २६ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका राजकुमार राई (दिपक) ले तीन सय ९५ मत प्राप्त गरे ।
यता, उदयपुरको पहाडी गाउँपालिका ताप्लीका वडा नं १ र २ मा वडाध्यक्ष जितेर एमालेले खाता खोलेको छ । वडा नं १ को मा एमालेका गोविन्द विक्रम सेन ठकुरी विजयी भएका छन् भने २ नं मा धर्मध्जव राई वडाध्यक्ष विजयी भएका छन् ।
ठकुरीले ४ सय ३६ मत ल्याएर नेपाली कांग्रेसका प्रत्यासी गोपाल मगरलाई पराजित गर्दै विजयी भएका हुन् भने राईले ३ सय २४ मत प्राप्त गरी कांग्रेसकै काशीराम श्रेष्ठलाई पराजित गरेका हुन् । ठकुरी र राई दुवै पूर्व गाविस अध्यक्ष हुन् ।
ताप्लीमा अध्यक्षमा भने कांग्रेसबाट बागी उम्मेद्वार बनेका पदमबहादुर तामाङले अग्रता लिइरहेका छन् । तामाङले ६ सय ५९ मत पाएका छन् भने एमालेले ५ सय ६३ तथा माओबादी केन्द्रले २ सय ३९ मत पाएका छन् ।











प्रतिक्रिया