
तुलसीपुर, १५ असार । दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयरमा एमालेका उम्मेदवारहरूले लिड गरेका छन् ।
एमालेका मेयर पदका उम्मेदवार घनश्याम पाण्डेले ११८ मतसहित अग्रता लिएका छन् । उपमेयर एमालेकी मायाँ आचार्यले ११८ मत प्राप्त गरेकी छिन ।
कांग्रेसका मेयर पदका उम्मेदवार गेहेन्द्र गिरीले ७७, उपमेयरकाकी उम्मेदवार देविका नेपालीले ८६ मत प्राप्त गरेकी छिन ।
माओवादीका शेषुराम भण्डारीले ९ र सीता ओलीले ११ मत प्राप्त गरेका छन ।
गेहेन्द्र गिरी कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको रोजाइका उम्मेदवार हुन् ।











प्रतिक्रिया