
डडेल्धुरा, १५ असार । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा आधिकारिकले भन्दा बागी उम्मेदवारले बढी मत ल्याएका छन् ।
डडेल्धुराको अजयमेरु गाउँपालिकामा काँग्रेसका बागी उम्मेदवार लोकराज भट्टले अग्रता लिएका हुन् । गाउँपालिकाको प्रमुखमा काँग्रेसका आधिकारिक उम्मेदवार कमलसिंह भाटले १२४ मत ल्याउँदा बागी उम्मेवार लोकराज भट्टले १४४ मत पाएका छन् ।
उपप्रमुख पनि उस्तै छ । काँग्रेसकी उपप्रमुखकी आधिकारिक उम्मेदवार कमला बिष्टले भन्दा बागी उम्मेदवार किशोर बिष्टले बढी मत ल्याएका छन्। बागीका कारण तेस्रोस्थानैमा चित्त बुझाउन बाध्य छ ।
काँग्रेसको विवादको फाइदा भने माओवादीलाई पुगेको छ । माओवादीका प्रमुखका उम्मेदवार उमेशप्रसाद भट्टले २४८ र उपप्रमुख कलावती भानले २१६ मत ल्याएका छन्।
यसैगरी, दोस्रो स्थानमा एमाले छ । एमालेका प्रमुखका उम्मेदवार धनबहादुर साउदले १९५ र उपप्रमुखकी उम्मेदवार सुष्मिता पन्तले १९८ मत ल्याएकी छिन् ।











प्रतिक्रिया