९ मंसिर २०८३, बुधबार

भैरहवाको मेयर-उपमेयरमा एमाले र काँग्रेसको टक्कर (ताजा अपडेट)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– नरेश केसी

भैरहवा, १७ असार । औद्योगिक नगरी भैरहवास्थित सिद्धार्थनगर नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । जारी मतगणनामा एमालेका मेयरका उम्मेदवारले १७ सय ३० र उपमेयरले १६ सय ६७ मत पाएका छन् ।

यसैगरी, काँग्रेसका मेयरका उम्मेदवारले १६ सय ५३, उपमेयरले १३ सय ८६ मत पाएका छन् । तेस्रो स्थानमा रहेको राप्रपाले मेयरमा १५ सय ४० र उपमेयरमा १३ सय २७ मत पाएको छ ।

चौंथो स्थानमा रहेको माओवादीले मेयरमा १४ सय १२, उपमेयरमा १२ सय ८५ मत पाएको छ ।